कार्तिक २३
जावलाखेल स्थित काठमाण्डौं डाइविटिज एण्ड थाइराइड सेन्टर प्रा.लि. ले.मधुमेह दिवसको अवसर पारेर बिरामीका लागी बिशेष सहुलियत प्याकेज ल्याउने तयारी गरेको छ । बिश्व मधुमेह दिवसको अवसर पारेर आगामी नोभेम्बर १४ देखी बिरामीलाई सहुलियत दरमा प्याकेजमा सम्पुर्ण परीक्षणहरु उपलव्ध गराइने प्रा.लि.का निर्देशक एवं बरिष्ठ मधुमेह, थाइराइड तथा हर्माेन रोग बिशेषज्ञ डा. अंशुमाली जोशीले बताए । दिवसका अवसरमा काठमाण्डौं डाइविटिज एण्ड थाइराइड सेन्टर प्रा.लि. ले. मधुमेह नभएकाहरुलाई तीन सम्म निशुल्क व्लड सुगर परीक्षण समेत गर्ने जनाएको छ । अल्का अस्पतालको परिसरमा तीन दिनसम्म आयोजना हुने कार्यक्रममा अहिलेसम्म आफ्नो शरीरमा मधुमेहको अवस्था थाह नभएकाहरुले निशुल्क रुपमा ब्लड सुगरको परीक्षण गर्न पाउने छन् । साथै उक्त अवसरमा नोभेम्बर १४ मा मधुमेह सम्वन्धी जनचेतना फैलाउन ललितपुर र काठमाण्डौमा ¥याली तथा मधुमेह रोगसम्बन्धी परामर्श कक्षा समेत संचालन गरिने प्रा.लि.का अध्यक्ष कुमार थापाले जानकारी दिए ।