मंसिर २५
अल्का अस्पतालले ललितपुरको गोटीखेलमा शनिवार आयोजना गरको निशुल्क स्वास्थ्य शिबिरमा २ सय ६० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । लायन्स क्लव अफ काठमाण्डौ अल्का, लियो क्लव अफ काठमाण्डौ अल्काको संयोजन तथा गोटीखेल जनहित क्लवको आयोजनामा भएको निशुल्क शिबिरमा बिरामीको स्वास्थ्य परीक्षणका साथै निशुल्क रुपमा औषधी समेत बितरण गरिएको थियो । स्वास्थ्य शिबिरमा हाडजोर्नी, स्त्री रोग तथा प्रशुति सेवा र दन्त सम्बन्धी बिशेषज्ञ चिकित्सकहरुले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । हाडजोर्नी रोग बिशेषज्ञ डा. सगुन डंगोल, स्त्री रोग तथा प्रशुती सेवा बिशेषज्ञ डा. आङ डोल्मा शेर्मा, डा. लतिना श्रेष्ठ, डा. अनिल कुमार, डा. सुदेश्ना बज्राचार्यसहित स्थास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको स्वास्थ्य शिबिर संयोजक परञ्जीवि अधिकारीले जानकारी दिनुभयो । अस्पतालले बिरामीको तत्कालिन आवश्यकता अनुसार निशुल्क रुपमा औषधी समेत बितरण गरेको थियो । सामाजिक उत्तरदायित्व अन्र्तगत अल्का अस्पतालले निशुल्क रुपमा उपत्यकाको जिल्लासहित बाहिरी जिल्लामा समेत नियमित रुपमा निशुल्क स्वास्थ्य शिबिर आयोजना गर्दै आएको छ ।