कार्तिक २८
बिश्व मधुमेह दिवसका अवसर पारेर अल्का अस्पताल र काठमाण्डौ डाइविटिज एण्ड थाइराइड सेन्टर प्रालिले (सोमवार) आजदेखी बिरामी सहुलिय बिशेष कार्यक्रमको शुरुवात गरेको छ । अस्पतालको समन्वयमा अल्का परिसरमा रहेको डाइविटिज एण्ड थाइराइड सेन्टर प्रालिले बिशेष छुटसहितको सहुलिय दर प्याकेज लागू गरेको हो । प्रालिले बिरामीका लागी आजदेखी तीन दिनसम्म निशुल्क रुपमा ब्लड सुगरको परीक्षण समेत गरेको अध्यक्ष कुमार थापाले बताए । अल्का परिसरमा आयोजित कार्यक्रममा अहिलेसम्म मधुमेहको अवस्था थाह नभएका बिरामीले निशुल्क रुपमा ब्लड सुगरको परीक्षण गर्न पाउनेछन् । सोमवार पहिलो दिन करिव २ सय ५० जनाले ब्लड सुगरको निशुल्क परीक्षण गरेको प्रालिका निर्देशक एवं मधुमेह तथा थाइराइड रोग बिशेषज्ञ डा. अंशुमाली जोशीले बताए । यसैबीच प्रालिले दिवसमा अवसरमा राजधानीमा सोमवार बिहान झाकीसहितको ¥यालीको आयोजना ग¥यो । मधुमेहसम्बन्धी विभिन्न जनचेतान फैलाउने उद्देश्यले काठमाण्डौको भद्रकालीबाट शुरु भएको ¥यालीले टुडीखेल परिक्रमा गरेको थियो । प्रालिले मधुमेहसम्बन्धी सचेतना फैलाउन अस्पताल परिसरमा बिशेष परामर्श कार्यक्रम समेत संचालन गरेको थियो ।